सेनेगलको तटीय क्षेत्रमा ३० वटा शव फेला
एजेन्सी । सेनेगलको तटीय क्षेत्रमा डुंगासहित ३० वटा सडेको शव फेला परेको छ ।
सेनेगलको राजधानी डकारबाट करिब ७० किलोमिटर टाढा रहेको डुंगामा शव कुहिएको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भएको जनाइएको छ । उक्त तटीय क्षेत्रमा माछा मार्ने क्रममा माझीहरुले डुंगा र शव फेला पारेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सेनेगलबाट स्पेनको क्यानरी टापुहरूका लागि प्रस्थान गर्ने आप्रवासीहरूको संख्यामा वृद्धि भएसँगै यस्तो घटना भएको हो ।
फेला परेको डुंगा कहिले र कहाँबाट आएको भन्नेबारे अनुसन्धान भइरहेको छ । यसअघि गत अगस्टमा कम्तिमा १४ वटा सडेको शव सहितको डुंगा फेला परेको समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया