नेपालको अर्थतन्त्रले सुधारको प्रारम्भिक संकेत देखाएको आईएमएफ भनाइ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको अर्थतन्त्रले सुधारका प्रारम्भिक संकेतहरु देखाइरहेको जनाएको छ । 

आईएमएफ प्रतिनिधिमण्डलको नेतृत्व गरेकी सार्वत जहाँको काठमाडौं आएको टोलीले वासिङटन पुगेपछि जारी गरेको वक्तव्यमा कर संकलन सुधार, सार्वजनिक लगानी बढ्दै गएको जनाएको हो । 

नेपालको वस्तुको मूल्य र कमजोर मागलाई प्रतिबिम्बित  गर्दै मुद्रास्फीति मध्य–जुलाईसम्ममा ३.६ प्रतिशतको हाराहारीमा घट्न जारी रहेको उल्लेख छ । आईएमएफले अर्थतन्त्रलाई दिगो, बलियो र समावेशी आर्थिक वृद्धिको दिशामा लैजान अझै थप सुधार आवश्यकता औल्याएको छ । 

बैंकहरुले सामना गरिरहेको ऋण र पुँजी सम्बन्धी समस्याहरु समाधानका लागि निरन्तर नियमन आवश्यक रहेको जनाएको छ ।

नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ) को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म नेपालमा बसेको आईएमएफ टोलीले यस्तो निस्कर्ष निकालेको हो ।

प्रतिक्रिया