चाडपर्व नजिकिदै गर्दा खानेतेलको मूल्यवृद्धि

काठमाडौं । नेपालीको महान चाडपर्व दशैं तिहार आउनै लाग्दा खानेतेलको मूल्यवृद्धि भएको छ । 

पछिल्लो एक/डेढ साताको बीचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपैयाँको दरले थोकमै वृद्धि भएको छ । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको छ  । अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खाने तेलको मूल्य बढाउनु परेको तर्क गर्दै आएका छन् । 

उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी व्यापारीको छ । 

पछिल्ला केही दिनदेखि सबै खाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपैयाँ र प्रतिलिटरमा २० रुपैयाँ बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपैयाँसम्म महँगो भएको छ । 

उद्योगीले खानेतेलको मूल्य आफूखुसी मूल्य निर्धारण गरेका कारण मूल्य बढेको बताइएको छ । 
 

प्रतिक्रिया