यथार्थ बुझेर मात्रै लगानी गर्न नेप्सेको आग्रह, “कोही पनि विश्लेषक छैनन्”

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार गर्दा विश्लेषकको नाममा कुनै पनि व्यक्तिको भर नपर्न आग्रह गरेको छ । 

फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जार र आमसञ्चार माध्यममा विश्लेषक भनेर आउने व्यक्तिहरूले दिने जानकारीको आधारमा मात्रै लगानी नगर्न नेप्सेले लगानीकर्ताहरूलाई सचेत गराएको छ।

हालसम्म नेप्सेले विश्लेषकको रूपमा कसैलाई पनि मान्यता दिएको वा दर्ता गरेको अवस्था नभएको भन्दै  स्वघोषित रूपमा शेयर विश्लेषक मान्नेहरूलाई विश्वास नगर्न अनुरोध गरेको हो । नेप्सेले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ । 

प्रतिक्रिया