जनगणनामा कोही पनि नछुटने कुरामा सचेत हुन सरकारलाई सांसदहरुको आग्रह

काठमाडौ । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरुले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । छलफलमा कांग्रेस सांसद जावेदा खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताइन । 
जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो । एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरुको तथ्यांक ल्याउन सरकारलाई दबाब दिए । 
सांसद रिजालले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताए । विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सांसदहरुको सुझाव छ ।

प्रतिक्रिया