इजरायली सेनाद्वारा लेवनानमा हिजबुल्लाह लक्षित आक्रमण,सय जनाको मृत्यु

एजेन्सी । लेबनानमा सोमबार  इजरायलले गरेको  हवाई हमलामा  एक सय जना  मारिएका छन् ।

हमलामा चारसय जना भन्दा बढी घाइते भएका लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।दक्षिणी लेबनानमा  इजरायलले हिजबुल्लाहलाइृ लक्षित गरेर   हमला गरेको हो ।

इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित स्थानमा जान र  हिजबुल्लाहबाट टाढा रहन आग्रह गरेको छ। इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए। हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाहको अखडा  नजिक नजान आग्रह गरेका छन्।

गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई सहयोग गर्ने लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि हमासलाई सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

गत मंगलबार र बुधबार हिजबुल्लाहले प्रयोग गरिरहेको पेजर र वाकीटकी बिसफोट भएका थिए । जसमा हिजबुल्लाहका उच्च स्तरका कमाण्डर सहित ३८ जनाको मृत्यु भएको थियो । वाकीटकी र पेजर इजरायलले बिस्फोट गराएको हिजबुल्लाहको दाबी छ । इजरायल भने  यसमा मौन छ । हिजबुललाहले त्यसको बदलामा  आइतबार इजरायलमाथि एक सयवटा रकेट प्रहार गरेको थियो । तर एउटा बाहेक सबै रकेट इजरायलले निस्तेज पारेको थियो ।  इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया