जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौ। वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

अंकित मूल्यभन्दा दोब्बर मूल्यमा 'मिनिरल वाटर' बेचेको भन्दै विभागले जिम्बु थकालीलाई जरिवाना गरेको हो।

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई एक सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागले छड्के अनुगमन गरेका थियो।
रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित विभागले सचेत गराएको छ ।

 

 
 

प्रतिक्रिया