भुटानमा जारी साफ यू–१७ फुटबलमा नेपालको पहिलो जित

काठमाडौ । भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिप २०२४ मा नेपालले पहिलो जित निकालेको छ । समूह ‘बी’ को खेलमा आज नेपालले श्रीलंकालाई सोमबार ४–० गोलले पराजित गरेको हो । भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालका लागि सुजन डंगोलले ह्याट्रिक गरे । उनले खेलको नवौ, १३औं र ३०औं मिनेटमा गोल गरे । विज्ञान खड्काले ८३ औं मिनेटमा चौथो गोल गरे । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । अब नेपालले समूहको अन्तिम खेलमा बुधबार आयोजक भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया