श्रीलङ्काका प्रस्तावित राजदूत भट्टराईबारेको निर्णय फेरी सर्‍यो

काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि बैठक  मङ्गलवारसम्मका लागि स्थगित भएको हो ।   भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरुको अनुपस्थितिले स्थगित भएको हो।

प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभेटिएपछि उनको नाम अनुमोदनको लागि  गर्न यसअघिको बैठकले आजको मिति तय गरेको थियो ।  यसअघि समितिले श्रीलङ्का वाहेक  विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।  

 भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।  भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् । 

प्रतिक्रिया