पूर्वडीआइजी जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा। आइतवार पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो  ।

जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो । जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो । 
 काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया