धनुषामा हिरासत फोडेर भागेका ९ मध्ये ७ जना पक्राउ

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवामध्ये ७ जना पक्राउ परेका छन्  ।  सोमबार बिहान हिरासतको भेन्टिलेशन फोडेर भागेका ९ थुनुवामध्ये ७ जनालाई  पक्राउ परेका हुन् ।फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो। उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो । 

मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको छ । दिउँसो अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध  खैरो हेरोइनसहित पक्राउ परेका थिए। 

सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो।  सोमबार बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्। 

 

प्रतिक्रिया