पक्राउ परेकै रातदेखि अस्पतालमा भर्ना छन् दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। चिकित्सकको सिफारिसका आधारमा प्रसाईंलाइ अस्पताल भर्ना गरिएको साइबर ब्यूरोले जनाएको छ । 
 ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो।

प्रसाईं हिजो भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन्।   सामाजिक सञ्जालमा एक जना महिलाको चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको आरोपमा उनि पक्राउ परेका हुन्।

प्रहरीले उनीबिरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ।

 

प्रतिक्रिया