दुर्गा प्रसाईंलाई छोड्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् । 

निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको छ । निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् ।  साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।विद्युतीय माध्यमबाट आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा एक महिलाले दिएको उजुरीका आधारमा प्रसाईं आइतवार पक्राउ परेका थिए  ।

प्रतिक्रिया