रविलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन पार्टी कार्यकर्तालाई मुकुलको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।
निलम्बित महामन्त्री ढकालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताए ।

उनले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन रास्वपाका कार्यकर्ताहरूलाई समेत अनुरोध गरेका छन् ।लामिछानेमाथि सहकारीको अरबौँ रकम अपचलन गरेको आरोप छ । सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न गठित छानबिन विशेष समितिले पनि लामिछानेलाई सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया