प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

काठमाडौँ ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर  मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् ।  एथेन्समा आयोजना हुने ३८औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज त्यसतर्फ प्रस्थान गरेका हुन् । 

असोज ८ गतेदेखि १० गतेसम्म  सञ्चालन हुने सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी छन् । प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  विदाइ गरेका थिए।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।
 

प्रतिक्रिया