साउनको पहिलो सोमबार शिवालयमा भक्तजनको घुइँचो
साउन महिनाको पहिलो सोमबार आज भगवान शिवको विशेष पूजा आराधना गरिदैछ । भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । आज विहानैदेखि काठमाडौंको पशुपतिमा भक्तजनको भीड लागेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव , सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
प्रतिक्रिया