कांग्रेस र एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा छौं: मनिष झा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नेता मनिष झाले नेपाली कांग्रेस र नेकपा एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा आफूहरू लागेको बताएका छन् । 
उनले १० प्रतिशत थ्रेसहोल्ड राख्ने कुरा आइरहेको बताउँदै त्यसमा रास्वपालाई खासै आपत्ति नरहेको बताएका हुन । पहिलो चुनावमै १३ प्रतिशत मत लिएर पार्टी आएकाले आगामी चुनावमा थ्रेसहोल्ड कटाउनका लागि रास्वपालाई कुनै कठिन नहुने नेता झाको भनाइ छ । 
नेता झा ले संविधान संशोधनमा पनि स्पष्ट प्रस्ताव आइनसकेको समेत उल्लेख गरे । ‘संविधान संशोधन यो कुरामा यसकारण गर्ने भनेर काग्रेस एमालेले देखाएपछि मात्रै त्यस विषयमा कुरा हुनसक्ने झाको भनाइ छ ।संशोधन गर्नुको उद्देश्य, कारणसहित आएमा सदनमा, समितिमा, राजनीतिक संयन्त्रमा अनि त्यसपछि हाम्रो अभिमत रास्वपाले दिने उनको भनाइ छ । 
 

प्रतिक्रिया