काभा महिला भलिबल उपाधि विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत (तस्विर सहित)

काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब  स्वदेश फर्किएको छ  । माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन् ।

विजेता पुलिस क्लबलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ  । टोलीलाई नेपाल पुलिस तथा नेपाल भलिबल संघले    बाजागाजासहित विमानस्थालमा भव्य स्वागत गरेका थिए ।
 
स्वागतका लागि नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको उपस्थिति रहेको थियो । 
शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले  उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको थियो । 

 

 

 

 

 

प्रतिक्रिया