श्रीलङ्काकामा नबौं राष्ट्रपतिका रुपमा दिसानायकेले लिए शपथ


एजेन्सी । श्रीलङ्कामा नबौं राष्ट्रपतिका रुपमा निर्वाचित अनुरा कुमारा दिसानायकेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बामपन्थी झुकाव भएका  दिसानायके आइतबार राष्ट्रपतिमा निर्वाचित भएका थिए ।  श्रीलङ्काका गत शनिवार राष्ट्रपतिको निर्वाचन भएको थियो । श्रीलङ्काका सन् २०२२ पछि शनिबार भएको  पहिलो निर्वाचन हो ।  आर्थिक मन्दीका कारण आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटावाया राजापाक्षे सैनिक शरणमा पुगेका थिए । आन्दोलन चर्किदै जाँदा  राष्ट्रपति भवनमा समेत आन्दोलनकारी प्रवेश गरेका थिए ।  गोटाबाया राजापाक्षेलाई सत्ताबाट लखेटेका थिए ।

दिसानायकेले राष्ट्रपति निर्वाचित भएपछि भनेका छन् ’हामीले नयाँ स्वच्छ राजनीतिक संस्कार स्थापित गर्न आवश्यक छ । “म यो हासिल गर्न प्रतिबद्ध छु। राजनीतिक प्रणालीप्रति जनताको सम्मान र विश्वास पुनः प्राप्त गर्न हामी सक्दो प्रयास गर्नेछौं ।

दिसानायकेलाई श्रीलङ्काकाको बिग्रिएको अर्थतन्त्र सुधार्नुपर्ने चुनौती छ । 
 

प्रतिक्रिया