बालेनले उल्लेख गरे मन्दिर, हिटी, कुवा र पोखरी सरसफाइ, मर्मत तथा पुनःनिर्माणको विवरण

काठमाडौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनले मन्दिर, हिटी, कुवा र पोखरी सफाइमा तिब्रता दिएको बताएका छन । चालु आर्थिक वर्षको २ महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ भएको र ४ वटा हिटी पुनरुत्थान गरिएको उनले सामाजिक सञ्जालमा जानकारी दिएका हुन । प्रमुख शाहले सफाइसँगै मर्मत सम्भार, पुनर्निर्माण र पुनरुत्थानको काम नियमित भइरहेको पनि बताएका छन । चालु आर्थिक वर्षको २ महिनाभित्र १ सय १४ वटा सानाठूला मन्दिरको सरसफाइ भएको विवरण उनले उल्लेख गरेका छन । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षभरिमा ३ सय ३३ वटा सानाठूला मन्दिर सरसफाइ गरिएको महानगरले जनाएको छ । सरसफाइका लागि १० जना सुपरभाइजर र १ सय जना सरसफाइकर्मीले दैनिक काम गरिरहेको बताइएको छ । सरसफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरू बोल्न सुन्न नसक्ने र ६० जना सिसडोलबासी रहेका छन । 

 

 

प्रतिक्रिया