रविको पक्षमा प्रदर्शन गर्ने समर्थकको बिरोधमा सहकारी पीडितको नाराबाजी

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि सहकारी पीडितहरू पनि सडकमा उत्रेका छन् । रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेपछि सहकारी पीडितहरू पनि आन्दोलनको लागि पुगेका हुन् । रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडी शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित भएका छन् । दुवै पक्षका प्रदर्शनकारी शहिदचोकमा आमनेसामने भएका हुन् ।
  
दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका छन् । सहकारी पीडितहरुले रविविरुद्ध नाराबाजी गरिरहेका छन् ।पीडितहरूले उनिहरुले आफ्नो पीडामा सहयोग गर्नुको सट्टा पीडित विरोधी प्रदर्शन गरेको आरोप लगाएका छन् ।सहकारी रकम अपचलन गर्ने रविलाई पक्रेर कारबाही गर्नुपर्ने उनिहरुले  नारा लगाएका छन् । 

त्यस्तै रास्वपाका कार्यकर्ताले भने परिचालितहरू होसियार भन्दै जस्ता नारा लगाएका छन् ।सहकारी ठगेको कारण नभई लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको रास्वपाका कार्याकर्ताको भनाई रहेको छ   ।

प्रदर्शनमा रास्वपाका कार्यकर्ताले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका छन् । पीडितले रवि पक्राउको माग गर्दा रास्वपाका कार्यकर्ताले चाहिँ कुनै हालतमा पक्राउ गर्न नहुने चेतावनी दिएका छन् ।
 

प्रतिक्रिया