ओलीसंगको भेटबारे मोदीको प्रतिक्रिया: 'भेट निकै राम्रो भयो'

काठमाडौ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री मोदीबिच न्युयोर्कमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा भएको भेट बारे प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएका छन् । ओलीसँग न्युयोर्कमा भएको भेट  निकै राम्रो भएको भएको भन्दै मोदीले ‘भारत-नेपाल मित्रता धेरै बलियो रहेको र सम्बन्धलाई अझ गति दिन चाहेको बताएका छन् । वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित रहेको मोदीले सामाजिक सञ्जालमा प्रष्टाएका छन् ।


 

प्रतिक्रिया