नेपाली बजारमा  सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं ।  सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । 

लगातार उकालो लागेको सुनको मूल्य आज सोमबार  तोलामा  चार सय रुपैयाँले उकालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला  एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुन आजका लागि प्रतितोला एक लाख ५९ हजार दुई सय रपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै  एक हजार सात सयले बृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला  एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।
 

प्रतिक्रिया