प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वगत कार्यक्रम अन्तिममा स्थगित

काठमाडौं । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा अमेरिकामा रहेका नेपाली समुदायले गर्ने भनेको स्वगत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागतमा त्यहाँ रहेका नेपाली समुदायले  स्वागत कार्यक्रम राखेका थिए । 

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आज स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । तर अमेरिकामा रहेका रबि लामिछाने समर्थकहरुले बिरोध गर्ने तयारी गरेपछि अन्तिममा कार्यक्रम स्थगित गरेको बताइएकोछ । तर नेपाली महावाणिज्य दुतावासले भने सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा दिएर कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

प्रतिक्रिया