रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई दिए चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् । सभापति लामिछानले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै प्रधानमन्त्रीप्रति रोष प्रकट गरेका हुन् ।

उनले ओलीलाई संवाद गर्नका लागि प्रस्ताव गरेका छन् ।सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालकको पक्राउपछि लामिछानेले प्रहरीको गतिविधिबारे चिन्तित महसुस गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन् ।

सहकारी पीडितलाई न्याय दिने विषयमा आफू छलफलका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

त्यसपछि तरंगित बनेको रास्वपाले आइतबार नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो । चमतीमा लामिछानले आफूविरुद्ध पक्राउ पुर्जी जारी नभएको तर ढुक्क हुन सक्ने अवस्था पनिनरहेको बताएका थिए ।

आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने चेतावनी समेत लामिछानेको छ । सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए । पार्टी कार्यालयमा कार्यकर्तादेखि शुभेच्छुकहरु गएराति देखिनै भेला भएका हुन् । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।  

यसैबीच रास्वपाले चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा गएका आफ्ना सांसद र नेताहरूलाई फिर्ता बोलाएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, लिमा अधिकारी, गणेश पराजुली, मनिष झा, तोषिमा कार्कीसहित १४ सांसद तथा नेता सोमबार चीनबाट फर्कंदैछन् ।

चीनबाटै उपसभापति वाग्लेले सभापतिविरूद्ध षड्यन्त्र हुन लागेकाले आफूहरू फर्कन लागेको जानकारी दिएका छन ।

प्रतिक्रिया