यस्तो छ आज देशभरको मौसम

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।सोमबार दिउँसो भारी वर्षाको सम्भावना नरहेपनि राति भने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशको पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी भू भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा राति मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, मधेश  प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको हुने पनि पूर्वानुमान छ।

प्रतिक्रिया