प्रहरी निगरानीमा रवि लामिछाने

काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।

सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेलगतै अर्का साझेदार रवि लामिछानेलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।  

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो । 

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने आन्तरिक छलफलको लागि बनस्थलीस्थित पार्टी कार्यालय रहेका छन् ।  लामिछानेलाई पक्राउको लागि प्रहरीले निगरानीमा राखेको छ । 

प्रतिक्रिया