प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद

काठमाडौ ।  साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ। प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न  अदालतले ३ दिनको म्याद दिएको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।

प्रतिक्रिया