प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरियो

काठमाडौं। साइबर अपराधको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । प्रहरीले प्रसाईंलाई  थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन आइतबारै अदालतमा पेस गरिएको हो । 
त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो । 

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेको छ  । चरित्र हत्या गरेको आरोपमा प्रसाईंलाई आज भक्तपुरको आफ्नै घरबाट पक्राउ गरिएको थियो । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायत पीडित महिलाले  साइबर व्युरोमा जाहेरी दिएका आधारमा प्रसाईं पक्राउ परेका हुन् ।
प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया