भारतमा एक नेपाली महिलाको विभत्स हत्या,४० टुक्रा पारेर शव फ्रीजमा

एजेन्सी । भारतको बेंगलुरुको व्यालिकवल इलाकामा नेपाली महिलाको विभत्स  हत्या गरेर शव फ्रिजमा राखिएको अवस्थामा भेटिएको छ । 

भारतीय पत्रिका टाइम्स् अफ इण्डियाका अनुसार हत्या गरिएकी २९ वर्षीया महालक्ष्मी दास नेपाली मूलकी नागरिक हुन् । उनको शरीरलाई टुक्रा–टुक्रा पारेर (अनुमानित २० देखि ४० को बीचमा टुक्रा) र १६५ लिटरको फ्रीजमा राखिएको थियो।

महालक्ष्मीको हत्या १५ दिनअघि भएको आशंका गरिएको छ । उनको फोन सेप्टेम्बर २ देखि स्वीच अफ रहेको र  मृतकका छिमेकीले दुर्गन्ध आएको गुनासो गरेपछि घटना सार्वजनिक भएको हो । छिमेकीले महालक्ष्मी बस्ने कोठामा दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वरपरको क्षेत्रलाई घेरा बन्दी गरिएको थियो। यस विषयमा भारतीय प्रहरीले  अनुसन्धान सुरु गरेको जनाएको छ । पति हेमन्त दाससँग सम्बन्ध विच्छेद भएपछि महालक्ष्मी बेंगलुरुमा एक्लै बसेकी थिइन्। शनिबार एक छिमेकीले महालक्ष्मी बस्दै आएकी घर मालिक  जयरामलाई उनको भवनबाट आएको  दुर्गन्धको बारेमा अवगत गराएका थिए । त्यसपछि जयरामले महालक्ष्मीकी आमा र दिदीलाई फोन गरेरबोलाएका थिए ।

हत्यापछि फ्रीजको ढोकाबाट निस्केको रगतले पूरै भुइँ चिप्लो भएको र  खुट्टा काटेर फ्रीजमाथि  राखिएको प्रहरीले जनाएको छ । महालक्षमीका शरीरका बाँकी भागहरू फ्रीजको बीच भागमा र टाउको फ्रिजको तल्लो भागमा राखिएको भेटिएको प्रहरीले जनाएको छ । तर महालक्ष्मी नेपालको कुन जिल्लाकी हुन  भनेर खुलाइएको छैन ।  महालक्ष्मीको बाबु आमा एक दशक भन्दा बढी समयदेखि भारतमा बस्दै आएका बताइएको छ । 

प्रतिक्रिया