सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। 
मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

यससँगै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेसमेत अनुसन्धानको दायरामा तानिने भएका हुन्। समितिले उनलाई गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकम खर्च गर्नेमा संलग्न भएको भन्दै कारबाही सिफारिस गरेको थियो। 
 
 

प्रतिक्रिया