नेप्से ११ अंकले बढ्यो, ५ अर्ब ९ करोड रुपैयाँ कारोबार

काठमाडौ । साताको पहिलो दिन शेयर बजार साढे ११ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अंकल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको हो । नेप्से बढेपनि कारोबार भने कमजोर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार  ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज  ३ सय २५ कम्पनीको ७२ हजार ९ सय ५७ पटकको कारोबारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर विकास कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । इन्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य साढे ६ प्रतिशत घटेको छ । आज कुल १ सय ३८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९४ कम्पनीको मूल्य घट्यो । १२ कम्पनीको मूल्य स्थिर रहेको छ । 
 

प्रतिक्रिया