साइबर अपराधको मुद्दामा दुर्गा प्रसाईं पक्राउ

भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

साइबर अपराधको मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई साइबर व्यूरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

आइतबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका -६ कमेरोटारस्थित प्रसाईंको निवासमै ३ भ्यानसहित प्रहरी पुगेको थियो ।  प्रसाईंले एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि प्रहरी भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरी पक्राउ गरेको हो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको छ  ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर व्यूरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौला लगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

 

प्रतिक्रिया