कराँतेकी एरिकाले दिलाइन् नेपाललाई ऐतिहासिक रजत पदक

काठमाडौँ । नेपालकी एरिका गुरुङले २० औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेकी छिन् । चीनमा आइतबार भएको महिला ६८ केजीमाथिको तौल समूहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित हुँदा रजत पदक प्राप्त गरेकी हुन् ।  
एसियाली कराँते च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको नेपालकी एरिका ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छन्। यद्यपि एसियाली सिनियर कराँतेको सबै संस्करणमा पदकविहीन नेपाललाइ एरिकाले ऐतिहासिक रजत दिलाउन सफल भइन्।
च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन् ।

उनले प्री(क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४(० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८(० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । 

एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

 

प्रतिक्रिया