अमेरिकाको बर्मिङ्घममा भएको गोलीकाण्डमा  चार जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा  चार जनाको मृत्यु भएको छ । 

उक्त गोलीकाण्डमा १२ जना भन्दा बढी घाइते भएका छन् । बर्मिंघमका प्रहरी अधिकारी ट्रुमन फिट्जगेराल्डले शनिबार साँझ गोलीबारीको यो घटना भएको बताएका छन्।“धेरै व्यक्तिहरूले एकैचोटि मानिसहरूको समूहमा गोली हाने,“ फिट्जगेराल्डले भने।

घटनास्थलबाट प्रहरीले तीन जनाको शव फेला पारेकोमा एक महिला र दुई पुरुष रहेको उनले जानकारी दिए । त्यसैगरी अस्पतालमा उपचारको क्रममा  एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ  । आक्रमण गर्ने बन्दुकधारी पैदल हिडेका थिए वा कारमा बसेर घटनास्थलमा पुगेका थिए भन्ने खोजी भइरहेको फिट्जगेराल्डले जानकारी दिए । बर्मिङ्घमको सो स्थान  रात्रि जीवन को लागि परिचित छ। घाईते मध्य चार जनाको अवस्था गम्भीर रहेको छ । 

अमेरिकामा गोलीकाण्डका घटनाको जानकारी सङ्कलन गर्ने गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ४ सय गोली हानाहानका घटना भएका 

प्रतिक्रिया