सन्दीपविरुद्ध महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको हो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।उच्च अदालतको फैसलाको पूर्णपाठसँगै सार्वजनिक भएपछि उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय दिएको थियो । सोही आधारमा महान्यायाधीवक्ता कार्यालयले पुनरावेदन गर्ने निर्णय गरेको हो  ।

यसअघि गौशाला २६ (परिवर्तित नाम) ले लामिछानेविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदनसमेत दिएकी थिइन् ।तर, त्यही फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

उच्च अदालत पाटनले सन्दिपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो ।

उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् । 

प्रतिक्रिया