बागमतीको न्यूतम साझा कार्यक्रममा राप्रपा पनि सहभागी

हेटौडा । सरकार गठन भएको झण्डै दुई महिनापछि बागमती प्रदेश सरकारले न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । न्यूनतम साझा कार्यक्रम निर्माणमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी रहेको छ ।

प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुर सिं लामा, सतारूढ दल नेकपा एमाले संसदलीय दलक नेता तथा पूर्वमन्त्री जगन्नाथ थपलियाको हस्ताक्षरमा न्यूतम साझा कार्यक्रम सार्वजनिक भएको हो । कार्यक्रममा विपक्षी दल राप्रपाको संसदीय दलका नेता उद्दव थापाको पनि उपस्थिति थियो ।६७ बुँदे न्यूतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनीका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइनेलगायतका विषय समेटिएका छन् ।
 
राप्रपा नेता थापाले संसदीय अभ्यासअनुसार नै न्यूतम साझा कार्यक्रममा उपस्थित भएको बताए । उनले आफूलाई खबर भएर नै कार्यक्रममा सहभागी हुन आएको बताए ।कार्यक्रमलाई शुभकामना दिँदै थापाले विपक्षी नेता पनि न्यूनतम साझा कार्यक्रममा सहभागी भएको देख्दा अचम्म नमान्न अनुरोध गरे ।

बागमती सरकारले न्यूतम साझा कार्यक्रम ढिला ल्याएको भन्दै दिनरात काम गरेर जनताका चाहना पूरा गर्न सरकारसँग आग्रह गरे । प्रदेशको विकास सवालमा राप्रपा सधैं साथमा रहने उनले बताए ।
 

प्रतिक्रिया