केरूङ नाकामा एभिन्युज टिममाथि आक्रमण प्रयास गर्नेले मागे माफी

काठमाडौ । खबर सकलनका लागि रसुवा केरूङ नाका पुगेको एभिन्युज टिममाथि आक्रमणको प्रयास गर्ने व्यापारी लार्छेन लामाले माफी मागेका छन । केरुङ नाकाबाट नेपाल प्रवेश गरेको आठवटा ट्रकमा विस्फोटक पदार्थ ल्याएको खबर प्रसारण गर्ने क्रममा एभिन्युज माथी आक्रमण गरिएको थियो । एभिन्युजले प्रत्यक्ष प्रसारण गरेपछि भोलीपल्ट ट्रकमा ल्याइएको सामान मैले ल्याएको भन्दै प्रसारणमा अबरोध गर्न पुगेका लार्छेन लामाले आज काठमाडौंको चक्रपथस्थिगत एभिन्युज खबर कार्यालयमै उपस्थित भएर माफी मागेका हुन ।
टिमुरे बजारमा एभिन्युजको प्रत्यक्ष प्रसारणमा अबरोध गर्ने सबैको तर्फबाट उनले क्षमा याचना गरेका हुन् । चीनबाट ल्याइएको आठ वटा ट्रकमा के छ ? र कस्ले ल्याएको भन्ने बारे सोधपुछ गर्दा कुनै पनि सरकारी निकाएले थाहा छैन भन्ने जवाफ दिएपछि एभिन्युज खबरको टोलीले उक्त ट्रक राखिएको ठाउँबाट प्रत्यक्ष प्रसारण गरेको थियो । सो घटनापछि रसुवाका प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएको थियो ।


 

प्रतिक्रिया