संविधानको पुनरावलोकन हुन जरुरी छ: अध्यक्ष घिमिरे

काठमाडौ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानको पुनरावलोकन जरुरी रहेको  बताएका छन । दश बर्षसम्म गरिएको अभ्यासका आधारमा कमी, कमजोरीहरु पहिचान गरेर संशोधन गर्ने बेला आएको घिमिरेले बताएका हुन । अध्यक्ष घिमिरेले निर्वाचन प्रणालीमा पनि आमुल परिवर्तनसँगै जनताको असन्तुष्टि समेत संबिधानको सम्बोधन गर्नुपर्ने स्पष्ट पारे । 
अध्यक्ष घिमिरेले संबिधान संसोधनका लागि उच्च स्तरिय संविधान संशोधन सुझाव आयोग बन्नुपर्नेमा समेत जोड दिए । सुझाव आयोगले जनताको माझमा गएर जनआकांक्षा बुझेर संसोधनका लागि सुझाव दिनुपर्ने उनको भनाइ छ । प्रधानन्यायाधीशको अभ्यास, संसदीय सुनुवाइ लगायतका विषयमा पनि पुनरावलोकन हुनुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ । 

 

प्रतिक्रिया