इजरायली सेनाद्वारा अलजजिराको कार्यालय ४५ दिन बन्द  गर्न आदेश

एजेन्सी । इजरायली सेनाले पश्चिम किनारा (वेस्ट ब्यांक)को रमल्लाहस्थित अलजजिरा टेलिभिजनको कार्यालयमा छापा मारेर ४५ दिनको लागि बन्द गर्न आदेश दिएको छ ।

अलजजिराले प्रत्यक्ष प्रसारण गरिरहेकै बेला  सशस्त्र र नकाबधारी इजरायली सैनिकहरू आइतबार बिहान टेलिभिजनको कार्यालयमा पसेका थिए।सेनाले अलजजिराको वेस्ट बैंक ब्यूरो प्रमुख वालिद अल–ओमारीलाई बन्द गर्ने आदेश दिइरहँदा त्यसलाई दर्शकहरूले समेत  हेरेका थिए।

कतारमा केन्द्रीय कार्यालय रहेको अलजजिरालाई इजरायलले  राष्ट्रिय सुरक्षाका लागि खतराको संज्ञा दिएको थियो। अल जजिराले इजरायली सैनिकले कब्जा गरेको पश्चिम किनाराको रमल्लाहस्थित आफ्नो कार्यालयमा प्रवेश गरेको र ४५ दिनका लागि बन्द गर्न आदेश दिएको प्रत्यक्ष दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो ।
गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई सहयोग गर्ने लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि हमासलाई सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इजरायलले लेवनानमा रहेका हिजबुल्लाहको अखडामा पनि आक्रमण शुरु गरेको छ । गत मंगलबार र बुधबार हिजबुल्लाहले प्रयोग गरिरहेको पेजर र वाकीटकी बिसफोट भएका थिए । जसमा हिजबुल्लाहका उच्च स्तरका कमाण्डर सहित ३८ जनाको मृत्यु भएको थियो । वाकीटकी र पेजर इजरायलले बिस्फोट गराएको हिजबुल्लाहको दाबी छ । इजरायल भने  यसमा मौन छ । हिजबुललाहले त्यसको बदलामा आज आइतबार इजरायलमाथि एक सयवटा रकेट प्रहार गरेको थियो । तर एउटा बाहेक सबै रकेट यजरायलले निस्तेज पारेको छ ।  इजरायली आक्रमणमा ४० हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया