प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री क.ेपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट वार्ता हुने भएको छ । 

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन ओली गत शुक्रबार न्यूयोर्क तर्फ गएका थिइ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता होला कि नहोला भन्ने दुबै देशमा चासोका साथ हेरिएको थियो ।

ओली र मोदीबीच भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा सहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु केही दिनदेखि सक्रिय सहेका थिए । ओली र मोदीबीच आज आइतवार साँझ ५ बजे भेटवार्ता हुने तय भएको थियो । तर परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ओली र मोदीबीच सोमबार बिहान भेट हुनेछ । 

ओली चौथो पटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो । इस अघि 
 यसअघि भदौ तेस्रो साता थाइल्याण्डमा हुने भनिएको  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा ओली र मोलीबीच  ‘साइडलाइन’ भेटवार्ता हुने तय भएको थियो । तर थाइल्याण्डमा राजनीतिक उतार चढावका कारण सरकार परिवर्तन भएपछि  बिमस्टेक स्थगित भएको थियो । 
 

प्रतिक्रिया