नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा र एक हजार सात सय स्पैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज आइतबारका लागि  एक लाख ५८ हजार आठ सय रुपैयाँनिर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा  दुई हजार एक सयले वृद्धि भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ । 

प्रतिक्रिया