श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि,विक्रमासिङ्घे तेस्रो स्थानमा

एजेन्सी । श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म प्राप्त नजिता अनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५१ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् ।

त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २६ प्रतिशत मत प्राप्त गर्दा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १६ प्रतिशत मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो ।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए । शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

श्रीलंकामा यो निर्वाचनलाई मुलुकमा आर्थिक सुधारका रूपमा हेरिएको छ । करवृद्धि, अनुदानमा कटौती र कल्याणकारी योजनाका कारण देशका धेरै जनता अझै पनि समस्यामा छन् । धेरै विश्लेषकहरूले यस चुनावमा मतदाताहरूमा आर्थिक सुधारको चिन्ता हुने भएकाले कडा प्रतिस्पर्धा हुन सक्ने अनुमान गरेका छन् ।  


 

प्रतिक्रिया