कुनै पनि प्रहरी अनुसन्धानमा सरकारले हस्तक्षेप नगरेको गृहमन्त्री श्रेष्ठको दाबी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् ।
तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।
चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने बताए ।
अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए । साथै, गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिने काम पनि नरोकिएको बताएका छन् ।
अहिले संसद पनि खुलिसकेको बताउँदै उनले सम्बन्धित विधेयकलाई छिटो पारित गरेर काम प्रभावकारी बनाउने बताए ।
प्रतिक्रिया