डोनल्ड ट्रम्पद्वारा कमला ह्यारिससँग दोस्रो चुनावी बहस अस्वीकार

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले अर्को चुनावी बहस नगर्ने बताएका छन् । 

उनले उपराष्ट्रपति तथा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिससँग अर्को चुनावी बहस अस्वीकार गरेका हुन् । उत्तरी क्यारोलाइनाको विल्मिङ्गटनमा आफ्ना समर्थकहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति ट्रम्पले मतदान प्रारम्भ भैसकेको कारण अर्को बहसका लागि निकै ढिला भइसकेको बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चुनावी सभामा ट्रम्पले ह्यारिस र राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । ट्रम्पले पुनः अपराधीहरु र अवैध आप्रवाशीहरुविरुद्ध कडा कानून र कानुनी कारबाही अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । 

यसअघि डेमोक्रेटिक उम्मेदवार ह्यारिसको चुनावी प्रचार टोलीले अक्टोबर २३ का लागि पुनः अर्को चरणको चुनावी बहस गर्न तयार रहेको जनाएको थियो ।

प्रतिक्रिया