विश्वकप लिग– २ : आज नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । 

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा उक्त खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने छ । सुरुवाती २ खेल गुमाएको नेपाल यो खेलमा जित निकाल्ने लक्ष्यमा रहेको छ । 

पहिलो खेलमा क्यानडासँग नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो । लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ६ मध्ये केबल १ जित हात पारेको नेपाल २ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ । 

१० खेलमा १२ अंक जोडेको घरेलु टोली क्यानडा १२ अंकसहित दोस्रो स्थानमा छ । घरेलु सिरिजमा अपराजित क्यानडा यो खेल जित्दै लिग २ को शीर्ष स्थानमा उक्लिने लक्ष्यमा  छ ।

प्रतिक्रिया