आज ३ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आइतबार ३ वटा संसदीय समितिको बैठक बस्दै छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल हुनेछ । 

त्यस्तै, बिहान ११ बजे हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८)को कार्यप्रगतीबारे छलफल हुनेछ । त्यसैगरी बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ । 

प्रतिक्रिया