परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छन् । 

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । 

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी  न्युयोर्क आएकी हुन् । मन्त्री राणाले प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जनाउने छिन् । । 

उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।
रासस

प्रतिक्रिया