दसैँको टीकाको उत्तम साइत यसपालि कति बजे राखेको होला

काठमाडौँ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गर्ने जनाएको हो ।

टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया