नागरिकता प्राप्तिसगैँ ६२ बर्षिय अपाङ् आमाको मुहारमा छाएको खुसि

काठमाडौँ । एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’,चाँदनी शाहको रचना, नारायण गोपालको स्वर र संगितामा रहेको यो गीतले भनेझैँ एक पात्रको साथले कसैको जीवन बदली दिन्छ । गराई दिन्छ जीवनशैली नै परिर्वतन र भित्त्राई दिन्छ खुशीका वहारहरु । यस्तै भयो, सिन्धुली जिल्ला,दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गाकी  आमाप्रतिको सदाको जीवनमा ।

शारीरिक अपाङगता भएकी ६२ वर्षीया सदा नेपाली नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट बन्चित भएका थिए । स्थानीय समाजसेवी तिलक बहादुर राउत (शम्भु) कोे प्रयास, पहल तथा सहयोगमा सदाले जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट नागरिकता प्राप्त गरेका छन् । नागरिकता हातमा परेसँगै आमाप्रतिले खुशी मात्रै व्यक्त गरिनन, अब आफ्नो जीवनशैलीमा नै परिर्वतन आउनेमा उनि  विश्वस्त समेत भएकी छिन् ।

तन्नेरी उमेरमा नागरिकताको यति महत्व होला भन्ने नै लागेन,’ उनले भनिन, “श्रीमान वितेपछि माछा मार्ने क्रममा कुलोबाट लडेर गोडा नचेल्ने भए ।  हामी जस्तोलाई सरकारले भत्ता दिने रहेछ, नागरिकता नभएर पाईएन । श्रीमान वितेपछि एकल भत्ता पाइने रहेछ, यहाँ पनि नागरिकता चाँहिने रहेछ ।”नागरिकता पाएसँगै आमाप्रतिले अब राज्यले प्रदान गर्ने सबै सेवा, सुविधा सहजै पाउने भएका छन् । यसले उनलाई अब आफ्नो जीवनमा खुशीका वहारहरु आएको अनुभूति दिलाएको छ । आमाप्रतिको दुई वटै खुट्टा चल्दैनन् । हात टेकेर घर्सदै बाहिर–भित्र गर्नु पर्ने उनको बाध्यता रहेको थियो ।

हिलाम्मे, धुलाम्मे जमिनमा घर्सने आमाप्रतिलाई समाजसेवी शम्भुले ह्विलचियर र ‘ट्वाइलेट चियर’ पनि उपलब्ध गराइ दिएका छन् । उनको पहल तथा जिल्ला समन्वय समिति, सिन्धुली उपप्रमुख शान्ता कार्कीको समन्वयमा सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुलीले ह्विलचियर र ‘ट्वाइलेट चियर’ प्रदान गरेका थिए । उर्मिलालाई सासुआमाको नागरिकता बने पछि सामाजिक सुरक्षा भत्ता आउने कुरा त जानकारी थियो । तर, कहाँ गएर कसरी नागरिकता बनाउने भन्ने बारेमा अत्तोपत्तो थिएन ।

नागरिकता नभएर राज्यले दिइने सेवा सुविधाबाट समेत बन्चित भएका थिए  तर जीवन निर्वाह गर्न झनै कठिन भएको थियो । यसको सबै प्रबन्ध मिलाएर आफ्नो व्यक्तिगत खर्चमा सिन्धुलीमाडीस्थित जिल्ला प्रशासन कार्यालयमा पुर्याइ नागरिकता बनाउन समाजसेवी शम्भुले सहयोग गरेका थिए ।‘हामी एउटै वडामा बस्छौँ । मैले गाउँ डुल्ने क्रममा उनलाई धुलाम्मे सडकमा घिर्सदै गरेको देखेँ । मानव मन न हो । माया लागेर आयो । नजिकै गएर कुरा गरे ।

नागरिकता नभएर राज्यले प्रदान गर्ने सेवा, सुविधाबाट समेत बन्चित हुनु परेको रहेछ,’ समाजसेवी शम्भुले भने, “उनको नागरिकता बनाउन खट्नु त पर्यो तर ढिलै भएपनि बन्यो, खुशी लागेको छ ।समाजसेवी शम्भुको पहल, प्रयास र सहयोग नभएको भए आफुहरुले सासुआमाको नागरिकता बनाउन नसक्ने बुहारी उर्मिलाले बताइन् ।

प्रतिक्रिया